वीरगन्जमा भन्सार छलीका करिब ९ लाख ७७ हजारका सामान बरामद
वीरगन्जमा प्रहरीले भन्सार छली गरी भारतबाट भित्र्याइएका रु नौ लाख ७६ हजार ८३० बराबरका खाद्यान्न, तरकारी तथा लत्ताकपडा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६ ईनर्वागाउँ र रजतजयन्ती चोकबाट उक्त सामान बरामद गरिएको हो।
बरामद सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।