दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीलाई तीन वर्ष जेल
दक्षिण कोरियाको अदालतले सन् २०२४ को विवादास्पद मार्सल ल प्रकरणसँग सम्बन्धित मुद्दामा पूर्व रक्षामन्त्री किम योङ–ह्युनलाई तीन वर्षको जेल सजाय सुनाएको छ।
अदालतले गोप्य सैन्य जानकारी अनुचित रूपमा सार्वजनिक गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो। किमले पूर्वराष्ट्रपति युन सुक योलको चुनावी धाँधलीसम्बन्धी दाबीसँग जोडिएको संवेदनशील सैन्य जानकारी एक सर्वसाधारणलाई उपलब्ध गराएको ठहर अदालतले गरेको छ।