ठगी मुद्दामा सेफ सन्तोष साह पक्राउ, दाजु नारायण साह पनि नियन्त्रणमा
काठमाडौँ — ठगी सम्बन्धी कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाको रामानन्द चोकबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार साहसँगै उनका दाजु नाता पर्ने नारायण साहलाई पनि गएराति पक्राउ गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उनीहरू दुवैलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
शकुन्तला अधिकारी (थापा)को जाहेरीका आधारमा ठगी सम्बन्धी मुद्दा दर्ता भएपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको छ।