ललितानिवास जग्गा प्रकरण : दोषि उम्कन नदिन खबरदारी सभा
ललिता निवास जग्गा प्रकरणका दोषिहरु विभिन्न उपाय लगाएर उम्किएको भन्दै खबरदारी गरिएको छ ।
काठमाडौंको माइतीघरमा खबरदारी सभामा सहभागिहरुले ललिता निवासको जग्गा प्रकरणका दोषिमाथि कारवाही हुनुपर्ने माग गरेका हुन् ।
जग्गा खाने माफियाहरु कानूनी क्षिद्र प्रयोग गरी उम्किएको भन्दै उनीहरुले सरकारलाईको ध्यानाकर्षण गराएका छन् ।
खबरदारी सभालाई सम्बोधन गर्दै वरिष्ठ अभिवक्ता विष्णु भट्टराईले राज्य संयन्त्रकै मानिसले सरकारी जग्गा खानु दुखद भन्दै चर्को आलोचना गरे ।
उनले भने ‘अहिले पार्टी प्रधानमन्त्री भएका मान्छेहरु झापा जिल्लामा मोही थिए । र त्यही जग्गाको मोही भएकोले अहिले अरवौंको जलहरि चढाउने प्रधानमन्त्री भएका छन् । अब त्यही ऐन अन्तर्गत ललिता निवास प्रधानमन्त्री निवास बेचेर खाने राज्य प्रणली बेचेर खाने सरकार हामीले भोग्नु परेको छ। ’
देशको सम्प्रभुता अखण्डता स्वाधिनता भन्दा ठुलो अदालत नहुने उनको भनाई छ ।
उनले देशमा ठुलो परिवर्तन गरे पनि देहको सम्प्रभुता प्रितमसिंह मार्फत नागरिकता विधेयक मार्फत दिल्लीमा बेचेको आरोप लगाए ।
प्रर्दशन तथा खबरदारी सभामा सहभागिले, भ्रष्टचारिलाई कारवाही गर, अख्तियार खबरदारलगायतका नारा लगाएका थिए ।