परिवेश सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागि सहकार्य गर्न नेपाल तयार : मन्त्री मोदी
संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रीअमनलाल मोदीले दक्षिण कोरिया पुगेर युग सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागिविश्व समुदायसँग सहकार्य गर्न नेपालतयार रहेको बताएका छन् ।
कोरियाली ग्रामीण विकास केन्द्र (सेमाउल)ले कोरियाको बुसानमाआयोजना गरेको ग्रामीण विकाससम्बन्धिविश्वकामन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधनगर्दै मन्त्री मोदीले युग सुहाउँदोप्रशासनीक मोडल निर्माण र रुपान्तरणमा नेपाल सहकार्यका लागितयार रहेको उल्लेख गरे ।
मोदीले भने,“विश्व नै अहिले रुपान्तरणको चरणमा छ, आर्थिक भौतिक र मानवपुँजीको बीचमा खाडल छ, सबैतिरका प्रशासन र सम्बन्धहरु थप जटिल हुँदै गएको अवस्था छ, यस्तो युग सुहाउँदो प्रशासनिक मोडलमा निर्माण अनिवार्य बनेको छ, यसकालागि सहकार्य गर्न नेपाल सरकार तत्पर छ ।”
मन्त्री मोदीले नेपालमा संघीय प्रणाली कार्यान्वयनको चरणमा रहेकाले संघीयताको सुदृढीकरण र सबलीकरणका लागिनेपालले सेउमानलको विकास प्रणालीबाट सिकेर अगाडि बढ्ने धारणा राखे ।
‘नेपालमाअहिले संघीयता कार्यान्वयनको चरणमा छ, तपाईहरुको अनुभवहाम्रालागि पाठ हुन सक्छ, हामी संघीयताको सबलीकरण र सुदृढीकरणका लागिहातेमालो गर्न तयार छौ, ‘नेपालकालागि सेमाउल एउटा प्रेरणाको स्रोत हो, हामी सेमाउलको विधिलाई पछ्याउँदै संघीयतालाई बलियो बनाउने यात्रामालाग्नेछौँ ।’
सम्मेलनमा ३३ देशकामन्त्रीसहित ४६ देशकाप्रतिनिधि सहभागीरहेका छन् ।