नेकपा एमालेद्वारा आज पनि राष्ट्रिय सभा बैठक अवरोध, अब असार २४ गते बस्ने
आजपनिप्रमुखप्रतिपक्षी दल नेकपाएमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।
सोमबार प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्रीबनाउन सरदार प्रितम सिंहले पटक पटकदिल्लीधाएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले सदनअवरोध गर्दै आइरहेका छन् ।
एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रधानमन्त्रीको राजीनामानआएसम्म सदनचल्ननसक्ने बताएकी छन् ।
राष्ट्रियसभाअध्यक्ष गणेश तिमल्सिनाले तीनदिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधानखोज्न आग्रह गरेका छन् ।
एमालेको अवरोध पछि स्थगितभएको राष्ट्रिय सभा बैठक अब असार २४ गते आइतबार बस्ने छ ।