आजको मौसम : कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको हुँदा आज देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।