आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना
जलतथामौसम पूर्वानुमानमहाशाखाकाअनुसारआज(बुधबार) दिउँसो देशभर मौसम सामान्य देखि पूणर् बदली रही सबै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमाभने मेघ-गर्जन र चट्याङ्ग सहितभारी वर्षा हुनसक्ने जनाएको छ ।
मनसुनीवायुको प्रभावसंगै मनसुनको न्यूनचापीय रेखासरदर स्थानभन्दाउत्तर तर्फअर्थात् नेपालनजिकआइपुगेकाले आज देशभरको मौसम सामान्यदेखि पूणर् बदलीहुनसक्ने महाशाखाले जनाएको हो ।
हालकोशी र मधेश प्रदेशमामौसम सामान्य देखि पूणर् बदली रहेको छ ।अहिले कोशीतथामधेश प्रदेशकाथोरै र बाँकीप्रदेशका एक-दुई स्थानहरुमाहल्का देखि मध्यम वर्षा भइरहेको छ।
बुधबार दिउँसो र रातीदेशभरको मौसम सामान्य देखि पूणर् बदली रहनेछ।सबै प्रदेशका केहि स्थानहरूमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै,बुधबार रातीसबै प्रदेशका केही स्थानहरूमाहल्का देखि मध्यम वर्षाको सम्भावनापनिरहेको छ।कोशीतथा गण्डकी प्रदेशको एक-दुई स्थानमाभने मेघ-गर्जन र चट्याङ्ग सहितभारी वर्षाको हुने महाशाखाले उल्लेख गरेको छ ।