राष्ट्रियसभाको बैठक आज पनि बस्दै : एमालेको अवरोध जारी
संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आजदिउँसो १ बजे बस्ने भएको छ ।
हिजो दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुखप्रतिपक्षएमाले लगायतकादलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगितभएको थियो ।
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले राजीनामानदिएसम्म संसद् चल्ननदिने प्रमुखप्रतिपक्ष दल नेकपाएमालेले अडान कायम राखेपछि स्थगितभएको बैठकआजकालागि बैठक बोलाइएको हो ।
आफूलाई प्रधानमन्त्रीबनाउनकालागिप्रितम सिंह पटकपटक दिल्लीगएको प्रचण्डको भनाइको एमालेले चर्को विरोध गरेको छ ।
एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामानगरेसम्म संसद बैठक चल्ननदिने संसदीय दलबाटै निणर्य गरेकाले आजको बैठक पनिसहज रुपमा सञ्चालननहुनेआशंकागरिएको छ ।