हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु
हुलाकबैंकमा रहेका खाताएवं वचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निणर्यअनुसार आज (मंगलवार)देखि हस्तान्तरणको प्रक्रिया सुरु भएको हो ।
असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रियाचल्ने भएकाले सो अवधिसम्महुलाकवचतखाताका कारोवार पनि रोक्का रहने छ ।
सरकारले नीतितथाकार्यक्रम र बजेटमार्फत हुलाकवचत बैंककाखाताहरुलाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंककाशाखामाहुलाकवचत बैंककाखाता हस्तान्तरण गर्न थालिएको छ ।
राष्ट्रिय बैंकसँगअसार २४ गते भएको सम्झौताअनुसार खाता हस्तान्तरण प्रक्रिया सुरु भएको हुलाक सेवाविभागकामहानिर्देशकइन्दु घिमिरेलेदीएकी छन् ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्रालयको प्रस्तावमाअसार १२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाकवचत बैंकमा रहेका वचतकर्ताका खाताएवं वचत रकमहुलाक सेवाविभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निणर्य गरेको थियो ।
त्यसैगरी हुलाकवचत बैंकहरुको व्यवस्थापन गर्नका लागि गर्नका लागि सञ्चालनमा रहेका हुलाकवचत बैंकमा रहेको समग्र नाफा रकमबाट हाल घाटामा रहेका तथाकर्मचारीबाट हिनामिनाभएका रकमभुक्तानी गरी बाँकी रहेको नाफा रकम नेपाल सरकारको सञ्चित कोषमाजम्मा गर्ने निणर्य पनि सरकारले गरिसकेको छ ।