मानव संशाधन विकास छात्रवृत्तिका लागि जापान सरकारले ४२ करोड बढी सहयोग उपलब्ध गराउने
मानव संशाधनविकास छात्रवृत्ति (जेडीएस) परियोजनाकार्यान्वयनको लागि नेपाल सरकारलाई ४२ करोड ४० लाखअनुदान सहयोग उपलब्ध गराउनजापान सरकारसहमतभएको छ ।
आजअर्थमन्त्रालयमाअर्थ सचिवअर्जुनप्रसाद पोखरेल र नेपालकालागिजापानका राजदूतएच.ई.किकुतायुताकाले आ-आफ्नो सरकारको तर्फबाट सहमतिपत्रमा हस्ताक्षर आदानप्रदान गरेका छन् ।
यस्तै, अनुदान सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वयमहाशाखाका सहसचिवश्रीकृष्ण नेपाल र जाइका नेपालकावरिष्ठ प्रतिनिधिलिजुका केनिचिरोले पनिहस्ताक्षर गरेका छन् ।
हस्ताक्षर समारोहमा अर्थसचिवपोखरेलले यो छात्रवृत्ति नेपालीनिजामती सेवामादक्षजनशक्तिको पोखरी विकास गर्न महत्वपूणर् हुने बताएका छन् ।
उनले विद्वानहरूले शैक्षिकउपाधिमात्रहासिल गर्न नभई जापानको विकास, सांस्कृतिक र सामाजिकपक्षको उन्नत स्तरको पनिजानकारी लिन सक्ने बताए ।
त्यस्तै, एच.ई.राजदूत युटाकाले स्नातकोत्तरले नेपालको सामाजिक-आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्तगर्दै परियोजनाले परिकल्पना गरेका उद्देश्यहरू हासिलभई नेपाल र जापानकाजनताबीचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुमधुर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
जापान सरकारबाट प्राप्तअनुदानविश्वविद्यालयको शिक्षण शुल्क, बस्ने भत्ता, बसोबास भत्ता, बीमा र अन्यआधारभूतभत्ताहरू साथै शैक्षिक सामग्रीको आपूर्तिलगायत छात्रवृत्तिकार्यक्रम सञ्चालन गर्न प्रयोग गरिनेपनिजानकारी गराइएको छ ।
यो छात्रवृत्तिले जापानमाअध्ययन पूरा गरेपछि नेपालको सामाजिकआर्थिक विकासमा योगदान पुर्याउन प्रतिवद्ध नेपालीनिजामती सेवामा शैक्षिक रूपमा सक्षम, उच्चउत्प्रेरित र युवाअधिकारीहरूलाई दुई वर्षको स्नातकोत्तर र तीनवर्षको पीएचडी पाठ्यक्रमहरू पूरा गर्ने अवसर प्रदानगर्दछ ।