आवश्यकता परेको बेलामा जम्मा गरेको पैसा नदिंदा दुःख पायौं : सहकारी पीडित
सहकारी पीडित कुशल खरेलले आवश्यकता परेको समयलाई भनेर जम्मापारेको रकमपनिलिननपाएको गुनासो गरेका छन् ।
आज सामाखुसिस्थित जेष्ठ बचत तथा ऋण सहकारी संस्थाले आफूले जम्मापारेको रकम घरमा समस्यापर्दा लिनआउँदापनिनदिएको भन्दै मिडियामा आएकाहुन् ।
आफ्नो पैसालिनआउँदापनि सहकारीमाअभद्र व्यवहार भएको र आवश्यक रकमपनिनदिएको पनिउनको भनाई छ ।
उनले भने, व्यवहार अभद्र भयो, हामीलाई नाम टिपाउनु भएको छ भन्ने जस्तो कुरा गर्नु भयो, यस्तो कुरा यो संस्थाले कतै कहिले पनिभनेको थिएन् । नामलेखाएको भएमात्रै पैसा पाउँनु हुन्छ, नाम लेखाएपछि १ हप्तापछि पैसा पाउँने त्यो पनि ५ हजार मेरो पैसा लिनुपर्ने छ १ लाख २० हजार, नाम लेखाएर पाउने ५ हजार यस्तो समाधानको कुरा भएन मेरो घरमा समस्याभएको हुनाले म यहाँआएको हो ।
यस्तै अर्का पीडित विष्णु दुवालले पनिआफूलाई आवश्यक परेको समयलाई भनेर जम्मापारेको रकम समस्यापर्दा लिनयतिगारो भएको बताए ।