विज्ञापन ऐन संशोधन गर्न आवश्यक छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले विज्ञापन नीतिल्याउँदा सरोकारवालापक्षले राखेको सबै धारणालाई समेटेर समृद्ध खाले नीतिबनाउने बताएकी छिन् । यस्का लागि ऐन परिमार्जन गर्नेमामन्त्रालयले ध्यानदिने पनिउनले प्रष्ट पारिन् ।
बिहीबार काठमाडौंमाआयोजित राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालाहरुसंगको छलफल कार्यक्रममामन्त्रीशर्माले सरोकारवालाबाट आएको सुझावलाई,समेटेर नीति परिमार्जन गर्ने बताईन ।
उनले भनिन्, ‘विज्ञापन क्षेत्र र मिडियाको क्षेत्रमा धेरैले लामो समय कामगर्नुभएको छ । धेरै लामो समयदेखि मेहनतगर्ने पनियहि हुनुहुन्छ । तपाईंहरु सबैको एउटा सरोकार,मेहनत र सुझाव सल्लाहले यो विज्ञापन नीति परिमार्जन गरेर संमृद्ध बनाउने छौं ।’
त्यस्तै उनले सरोकारवालाले राखेको पुरानो विज्ञापन ऐन समय सापेक्ष परिमार्जन गर्नुपर्ने धारणलाई समर्थन गर्दै मन्त्रालयमाआवश्यक छलफल गर्ने प्रतिवद्धता पनिजनाईन् ।
‘विज्ञापन कानूनअलि पुरानो र कतिपय कुरा असान्दर्भिक पनिभएका छन् । कानून संशोधनगर्न जरुरी छ । तपाईंहरुले कानून संशोधनको विषय राख्नु भएको छ,यिनै विषयहरुमाहामी फेरी मन्त्रालयले ध्यानदिने छ र सरोकारवालाको सकारात्मक सुझावलाई आत्मसाथगर्ने छौं,’ मन्त्रीशर्माले भनिन् ।
त्यस्तै, उनले नेपाली सञ्चार माध्याममाआएकाकतिपय विज्ञापनले मानव स्वास्थ्यलाई हानीगर्ने खालको सामग्रीप्रचार तथा प्रसारण गरेको प्रतिध्यानाकर्षण भएको पनिबताईन् ।