विदेशी विनिमय सञ्चिति बढ्यो, एक महिनामा थपियो साढे १० अर्ब रुपैयाँ
नेपालमापछिल्लो पटक विदेशीविनिमयको सञ्चिति बढेर गएको छ । एक महिनाको अवधिमा साढे १० अर्ब रुपैयाँ बराबरको विदेशीविनिमय सञ्चितिथपहुँदाविदेशीविनिमय सञ्चिति झन्डै १५ खर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको वित्तीय रिपोर्टमा‘देशको वर्तमानआर्थिक तथावित्तीय स्थितिले’ नेपालमाजेठ मसान्तसम्मविदेशीविनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँपुगेको देखाएको छ । वैशाखमसान्तसम्मविदेशीविनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।
गतअसार मसान्तसम्मविदेशीविनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । त्यसयता सञ्चितिमासुधार आई २१.८ प्रतिशतमापुगेको छ । गतअसारमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो ।
नेपाल राष्ट्र बैंककाअनुसारअहिलेको (जेठसम्मको) विदेशीमुद्राको सञ्चितिले ९.६ महिनाको वस्तु तथा सेवाआयातधान्नपर्याप्तहुनेछ ।विदेशीमुद्रा सञ्चितिको यो अवस्थाले बाह्य क्षेत्रमाविस्तारै सुधार हुँदै गएको देखिएको छ ।