नीति तथा कार्यक्रमको कपी समातेर नै बजेट तयार पारिएको महतको प्रष्टोक्ति
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रमको कपी नै समातेर बजेट तयार गरेको प्रष्टीकरण दिएका छन् ।
सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै डा. महतले नीति तथा कार्यक्रम एकातिर तर बजेट अर्को तिर गयो भन्ने प्रश्न सही नभएको बताए ।
उनले भने ‘ नीति तथा कार्यक्रम एकातिर गयो र बजेट अर्को तर्फ गयो भन्ने प्रश्न उठेको छ । नीति र कार्यक्रम सरकारले ल्याएको छ त्यही स्कृप्टलाई नै समातेर बजेट प्रस्तृत गरेका हौं । कतिपय विषय नीति कार्यक्रममा छुट्यो भनेर आएको छ । हेटांैडा धागो कारखाना र बुटवल धागो कारखनाको विषयलाई सरकारले कुन मोडेलमा र कसरी अगाडि बढाउन सकिन्छ भनेर बजेट छुट्टयाएर नै अगाडि बढ्नु पर्छ । ’