बजेट विहान १० बजेट प्रस्तुत गर्न सांसद दीपक गिरीको माग
काठमाडौं ।नेपालीकाँग्रेसका सांसद दीपकगिरीलेसरकारले एक दिनको कारोबार पूरै ठप्प हुनेगरी बजेट ल्याउने गरेको भन्दै बिहान १० बजे बजेट प्रस्तुत गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा सरकारले ल्याएको आर्थिक वर्ष २०८०÷८१ को बजेट माथि टिप्पणी गर्दै गिरीले पूरै एक दिन कारोबार बन्द गरेर अर्थतन्त्रमाक्षति पुर्याउननहुने धारणा व्यक्त गरे ।
उनले भने ‘ ‘वार्षिक २० खर्बको अन्तर्राष्ट्रिय ब्यापार गर्ने देशले एक दिन कारोबार रोक्दाकति रकमगुमाइरहेको होलाअनुमान गरौं । म सबै सरकार पक्ष र प्रतिपक्षदलकामाननियहरुलाई यस विषयमाविचार गर्न आग्रहगर्दछु । र, आगामीवर्षदेखि कारोबर नरोकीबिहानै बजेट ल्याउने प्रथाको सुरुवात गरौं’, ।
सांसद गिरीले अहिलेको युगमा देशको स्वाभिमान र शक्ति अर्थतन्त्रसँग जोडिएको चर्चा गर्दै अर्थतन्त्र सुधार गर्न सबै मिलेर राष्ट्रिय सहमतिको प्रयास गर्नु पर्ने बताए ।
उनले भने ‘अहिले नेपाली अर्थतन्त्रसिथिल बनेको छ । अर्थतन्त्रलाई जनाउने सूचकहरु बलिया देखिएका छन् । रेमिट्यान्स बढेको छ । सोधानान्तर बचत राम्रो भएको छ । बैदेशीकब्यापार ठिकठाक छ । सेवा क्षेत्रको विस्तार हुँदैछ । सबैभन्दा ठूलो समस्या रहेको डलर सञ्चितिकरिब १५ अर्ब पुग्नलागेको छ । यसकाबाबजुदबजार चलायमाननहुँनुको कारण के होला?यसलाई खोज्नु पर्ने कामहामी सबैको होइन । यो समस्या ठीक गर्न के गर्ने भन्ने विषयले बजेटमा प्राथमिकतापाउनु पर्ने थियो । त्यो भएन ।’
सांसद गिरीले उद्योगहरुलाई रोजगारीको आधारमा दिइएको अनुदान कटौती गरिएको उल्लेख गर्दै सकिन्छ भने उत्पादनमूलकउद्योगलाई दिदै आएको सहुलियतलाई निरन्तरतादिनआग्रह गरे ।
उनले भने ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडासदस्यको स्तरमा पु¥याइदिनुभयो,’ उनले भने, ‘हामी त झोले हौं। राति बूढी आमाको फोन आउँछ, सांसद बाबु दुईवटा खसीपालेको एउटा म¥यो, केही पाइन्छ कि?पहिरो गए, आगलागीभएपनिजनताले खोज्ने हामी सांसद नै हुन् । ’
सांसद गिरीले आफुलाई झोले सांसद नै भन्नरुचाउने उल्लेख गर्दैहरेक दिनजनताको व्यक्तिगत समस्याको गुनासोको सयौं फोन आउने गरेको पनिबताए ।