एसियाड तयारी : जुडोमा श्रेष्ठ दाजु बहिनीसहित ८ खेलाडी छनोट
काठमाडौं । चीनको होङझावमाहुने १९ औं एसियाली खेलकुदअन्तर्गत जुडोका लागि ८ खेलाडी छनोट भएका छन् ।
नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमाआयोजना गरेको छनोट प्रतिष्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो ।
नेपाल जुडो संघका अध्यक्षदीपकहर्ष वज्राचार्यका अनुसार पुरुष÷महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भए । पुरुष ६० केजीमुनिलुम्बिनीप्रदेशकाविकास विक, ६६ केजीमुनि नेपालप्रहरीकाइन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि नेपालआर्मीका जंगबहादुर सारु र १०० केजीमाथिआर्मीकै रन्जेश गोले छनोट भए ।
महिला ५२ केजीमाथिबागमतीप्रदेशकी देवकीमायाश्रेष्ठ, ५७ केजीमुनिप्रहरीकीमनीताश्रेष्ठ प्रधान, ७० केजीमुनिपुनमश्रेष्ठ र ७८ केजीमाथिआकृतिश्रेष्ठले एसियाड सहभागितानिश्चित गरे । इन्द्र र देवकी सहोदर दाजु÷बहिनीहुन् । इन्द्र, देवकी र मनीताबन्दी सहायतानियोग (पाम) का उत्पादनहुन् ।