मधेश सरकारको नीति तथा कार्यक्रम आज
काठमाडौं । मधेश सरकारको अगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आजप्रदेश सभामा प्रस्तुत हुने भएको छ ।
मंगलबार दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।