बागमती सफाईको नाममा २२ अर्ब बगेपछि बागमती बद्लिएन : सांसद डाँगी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पशुपति क्षेत्रलगायतबागमतीनदीको दुर्दशाबदल्ने भनेर २२ अर्ब पैसा बागमतीमाबगिसकेको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमाबोल्दै उनले एकातिर नदी सफाइमावर्षेनी २ अर्बभन्दा बढी खर्च भइरहेको तर खोलानाला जस्ताको त्यस्तै रहेको बताइन ।