विदेशमा रहेका नेपालीप्रति सरकार गैर जिम्मेवार बनेको सांसद कठायतको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले, विदेशमा रहेका नेपालीप्रति सरकार गैर जिम्मेवार बनेको आरोप लगाएकी छिन् ।
बिहीबार प्रतिनीधिसभाको बैठकमा शुन्य समयमा उनले पोर्चुगलमा रहेका नेपालीहरुप्रति सरकारले आफ्नो दायित्व निर्वाह नगरेको गुनासो गर्दै उनले देशमा रोजगार नपायर बाध्यतावस विदेशिएका नेपालीहरुको आवाजलाई वेवास्ता नगर्न ध्यानाकर्षण गराइन् ।