सरकारको मुख्य सचिवमा वैकुण्ठ अर्याल, वैरागी सुरक्षा परिषद्को सल्लाहकारमा
काठमाडौं । सरकारले मुख्यसचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वर्तमानमुख्यसचिवशंकरदास वैरागीको स्थानमाअर्याललाई नियुक्त गरेको बैठक पछि परराष्ट्रमन्त्री नारायणप्रसाद एनपी साउदले जानकारी दिए ।
बैठकले वैरागीको राजीनामा स्वीकृत गर्दै अर्याललाई वरिष्ठताको आधारमा मुख्य सचिवनियुक्त गरेको पनिमन्त्री साउदले बताए ।
उनले भने ‘बैठकले आगामीअसोजमाकार्यकाल सकिनलागेका वैरागीले दिएको राजीनामा स्वीकृत गरेर अर्याललाई वरिष्ठताको आधारमा मुख्य सचिवनियुक्त गरेको हो । वैरागीलाई नयाँजिम्मेवारी दिदैं राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गरिएको छ । ’
वैरागीले बिहीबार नै राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको सपथदिलाइएको छ । उनले प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डबाट सपथलिएकाथिए ।
अर्याल यसअघि प्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयमा सचिवकोरुपमाकार्यरतथिए । तर उनीबिहीबारको मन्त्रिपरिषद्को वैठकमा भने मुख्य सचिवकोरुपमा नै बसेको पनि एक मन्त्रीले बताए ।