नेपाल एउटा सुन्दर स्यान्वीच हो, कुनैपनि समय खाईन सक्छौं : उपसभामुख राना मगर
काठमाडौं । उपसभामुखइन्दिरा राना मगरले,जलवायु परिर्वतनको असरका कारण नेपाल ठुलो संकटमा पर्दै गएको टिप्पणी गरेकी छिन् ।
ललितपुरको युएनपार्कमाविश्ववातावरण दिवसको सन्र्दभ पारेर आयोजित सरसफाई कार्यक्रमलाई सम्बोधनगर्दै उनले शक्तिशाली देशको बीचमा रहेको नेपालमाआफ्नो कारणले भन्दाअरुको कारणले जलवायु परिर्वतनको क्षेत्रमा धेरै क्षतिपुगेको र त्यस्तो क्षतिबाट बच्नआवश्यककानूननिर्माण हुनआवश्यक रहेको बताइन् ।
‘ न्यूक्लियरको कुरा पनि छ, न्यूक्लियरले पनिजलवायुलाईकुहाउने काम गर्छ, जस्तै क्यान्सरको उपचार हुन्छ । यसमापनि नेपालले आफूमाभएको स्रोतलाई कसरी प्रयोग गर्न सकिन्छ र त्यसको कानूनबनाउनु पर्छ ।’ उनले भनिन् ‘उर्जा ऐजेन्सी अमेरिकाबाट आउँनु भएको मानिसहरुसँग मैले यही कुरा गरेको थिए । नेपालमातत्कालै हामीलाई कानूनको आवश्यकता छ, किनभने हामीदुईवटा शक्तिशालि देशको बीचमा रहेको एउटा राम्रो स्यान्डवीच हो, कुनैपनि समय हामीखाईन सक्छौ, त्यसले गर्दा देशको लागिकानूनभयो भने न्यूक्लियर आयातगर्दा कसैलाई क्षतिभयो भने जसले ल्याएको हो त्यो देशले व्यहोर्नुपर्छ ।’
जलवायु परिर्वतनको असरबाट बच्नआवश्यककानून निमार्ण हुनुपर्नेमाजोड दिएकी छिन् ।
त्यस्तै जलवायु परिर्वतनको असरका कारण नेपाल सबैभन्दा धेरै मारमा परेको र महिलाहरुले त्यसबाट धेरै दुःखपाएको उनको भनाई छ ।
विश्व सुसमाचार समाज परमेश्वसरको मण्डली नामक संस्थाले आयोजना गरेको ब्लु कार्बन सप्ताहअन्र्तगतसरसफाई कार्यक्रममाउनले जलवायु परिर्वतनकै कारण नेपालमा ठुलो धनजनको क्षतिभएको बताइन् ।
उनले भनिन् ‘जलवायुको कारणले सबैभन्दामार नेपाललाई परेकोछ, संसारभर छ तर नेपाललाई सैबभन्दामार परेको छ, तराईमा हेर्ने हो भने, तराईमाजलवायु परिवर्तन कै कारणले बाढि आएर बस्ती बगाएको छ, बेमौसमिपानी परेको छ। तापक्रम हेर्ने हो भने ४७ डिग्रिको तातो छ ।’
जलवायु परिर्वतनको असरबारे बुझ्न केही समय अगाडि हिमाली क्षेत्रमागएको स्मरणगर्दै उनले त्यहाँपुगेपछि यसको असर महिलामा बढी परेको पाएको बताइन्।
‘जलवायुको कारण सेताहिमालहरु काला पहाडहरुमा परिणत भएको छ, हिउनपरेर उत्पादनभईरहेको छैन्। आलु फलाउननसकेर यहाँबाट खाद्यान्नको लागि तराईमा भर पर्नुपर्छ । महङ्गो मूल्यमासामानकिनेर खानुपर्छ ।’ उनले भनिन् ‘यसको सबैभन्दा धेरै प्रभावमहिला, बालबलिका र जेष्ठ नागरिकलाई परेको छ ।’
सक्रियजीवन नै मानवजीवनकालागिआवश्यक कुरा रहेको भन्दै उपसभामुख मगरलेमहिलाहरु धेरै संघर्ष गरेकै कारण धेरै बाच्ने गरेको समेत सुनाइन् ।
‘अहिले सबैभन्दा बढि बाच्ने भनेको नै महिलाहो, महिलाले घरको काम गरेर पनिसमाजमाआफ्नो स्थानबनाउनको लागिपनिकामगर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमाबोलिले मात्र केहीनहुने हुदाँकाम गरेर देखाउनु आवश्यक हुन्छ ।’ उनले भनिन् ।