सुदूरपश्चिम प्रदेशमा आम हड्ताल : यातायात ठप्प, बजारमा आंशिक प्रभाव
काठमाडौं ।आम हड्तालका कारण सुदूरपश्चिमप्रदेशको जनजीवनप्रभावितभएको छ ।
गेटा अस्पताललाई शहीददशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबनाउने निर्णय कार्यान्वयनको मागगर्दै आह्वानगरिएको आम हडतालले प्रदेशका ९ वटै जिल्लामालामो तथा छोटो दूरीका सवारी साधनचलेका छैनन भने बजार पनिबन्द छ । बन्दकर्ताहरु विहानैदेखि सडकमा निस्किएर सडक अवरुद्ध गराइरहेका छन् ।
विश्वविद्यालयस्थापनाकालागिगठित संघर्ष समितिले पूर्व घोषित कार्यक्रमअनुसार आम हडतालको गरेको हो।
गत माघ२९मा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीददशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबनाउने निर्णय गरेको थियो ।
सुदूरपश्चिम भ्रमणमा गएकाप्रधानमन्त्री प्रचण्डले पनिगेटालाई विश्वविद्यालयबनाउने घोषणा गरेका थिए।
तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र १ सय शैय्याको अस्पताल सञ्चालनगर्ने घोषणा गरेपछि सुदूरपश्चिमकानागरिकले विरोध गरेका हुन् ।