जन्मदिनेलाई पहिचान दिने अधिकार दिइनु पर्ने सासंद कठायतको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विनिता कठायतले नागरिकता निर्माण प्रक्रियामा राज्यले महिलामाथि विभेद गरेको भन्दै चर्को आक्रोश पोखेकी छन् ।
प्रतिनीधि सभाको आजको बैठकमा, उनले सिडियो कार्यालयमा उभिएर श्रीमानको ठेगाना नभएका महिलाले स्वघोषणा गर्नुपर्ने प्रावधान विरुद्ध आपत्ति जनाइन् । उनले भनिन् ‘आज पनि कुनैपनि बाबुले सिडियो कार्यालयमा उभिएर बच्चाहरुको नागरिकता बनाउने मेरो पत्नीको ठेगाना छैन भनेर स्वघोषणा गर्नु परेको छ । अनि आमालाई चाँही किन ? समानता व्यवहारमा चाहियो गफमा हैन जन्मदिनेलाई पहिचान दिन अधिकार देउ ।’
उनले सरकारले महिलालाई घोचि घोचि पिडा दिने काम गरेको भन्दै विभेदकारी नीति परिर्वतन गर्न सदनको ध्यानाकर्षण गराइन् ।