मुगुको जिल्ला अस्पतालमा जेष्ठ नागरिकले पाउने सरकारी स्वास्थ्य सुविधा पाएनन्
मुगु ।जेष्ठ नागरिककालागि सहजएवं सुलभ तरिकाले स्वास्थ्य सेवाप्रदान गर्ने लक्ष्यका साथ राज्यले जेष्ठ नागरिकहरुलाई परिचयपत्रकाआधारमा स्वास्थ्य सेवा छुट दिने नीतिल्याएको छ । तर हिमालीजिल्लामुगुमा रहेको एक मात्र १५ शैयाको जिल्ला अस्पताल ठिनी मुगुबाट जेष्ठ नागरिकहरुले पाउनु पर्ने स्वास्थ्यसेवानपाउँदायहाँका जेष्ठ नागरिकहरु मारमा परेका छन ।
सरकारको नियमनीतिअनुसार स्वास्थ्य संस्थामा सेवालिनआउने जेष्ठ नागरिकहरुलाई औषधि रअन्य चेकजाँचमालाग्नेखर्चको हकमा ६० देखि ६९ बर्षकालागि ५० प्रतिशत,७० देखि७९ बर्ष सम्मका जेष्ठ नागरिककालागि७५ प्रतिशत र ८० बर्षदेखि माथिका जेष्ठ नागरिकहरुलाई पुरै छुट दिने व्यवस्था गरिएको भएपनिमुगुमाहिजो आजउपचारमा स्वास्थ्य सस्थामा चेकजाँच गर्न गएका जेष्ठ नागरिकहरुले कुनै पनिप्रकारको सेवानपाएको गुनासो गरेका छन ।
यस पटक भन्दा अगाडिबैशाखमहिनामा ३ पटक उपचार गर्न आउदा जेष्ठ नागरिक सेवा सबै छुट पाएकाहरुलेजारी जेठ महिनामाउपचार गर्न आउदा७० बर्ष भन्दामाथिको जेष्ठ नागरिकले पाउनेकुनै पनिछुट पाएका छनन् । आफुहरुले जुनसुकै चेकजाँच गराउदा सबै शुल्कतिरेको जेष्ठ नागरिकहरुको गुनासो छ ।
जेष्ठ नागरिकहरुलाई स्वास्थ्यसंस्थामाउपचार गर्न आएबापत सरकारले २ प्रकारबाट सेवादिने गरेको छ । एक प्रदेश सरकार र अर्को संघीय सरकारबाट प्राप्त सुविधा जेष्ठ नागरिकले पाउने गरेका छन् ।प्रदेश सरकारबाट ७० बर्ष भन्दामाथिकाजेष्ठ नागरिकहरुको लागिसबै सेवामाछुट भन्ने आएको हँुदा यसबाट आएको ८० हजार श्रोतभर्ना लिई सकेको र अन्य बजेट रोक्का गरेको छ । सामाजिकसेवा जेष्ठ नागरिकहरुलाई तीनतहमा बाढिएको हँुदापरिचयपत्रको आधारमा कुनै पनि कसुर नराखी जेष्ठ नागरिकहरुलाई सेवादिई रहेको जिल्ला स्वास्थ्य सेवाव्यवस्थापक डा. कमल ढुङ्गानाको दावी छ ।
राज्यले जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाबाट बञ्चित गर्न नहुने भन्दै सहजरुपमासेवापाउनभन्ने हिसावले हरेक बर्ष बजेटमा पनिव्यवस्था गरिदै आएको छ ।बजेटबाटजेष्ठ नागरिकलाई दिएको सेवा सुविधिाको सहि सदुपयोग भएनभएको अनुगमन र निगरानी गर्न पनिआवश्यक देखिएको छ ।