सञ्चार क्षेत्रको पुर्नसंरचनाका लागि नयाँ कानून आवश्यक : मन्त्री शर्मा
काठमाडौं। सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले आम सञ्चार क्षेत्रको पुर्नसंरचनाकालागिसरकारले कानूननिर्माणमाजोड दिएको बताएकी छिन् ।
बुधबार आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै मन्त्रीशर्माले राजनीतिक परिवर्तन, सूचनाप्रविधिको विकाससँगै धेरै क्षेत्रमा परिवर्तन भएपनिआम सञ्चार क्षेत्रमा परिवर्तन आवश्यक रहेकाले आफूले मन्त्रालय सम्हालेलगत्तै कानूननिर्माणमा जोड दिएको बताईन् ।
गतफागुन २६ गते मन्त्रालयले वरिष्ठ पत्रकार डा. सुरेश आचार्यको संयोजकत्वमाआम सञ्चार सुधार सुझाव समिति गठन गरेको थियो । समितिले तीनवटा विधेयक, एउटा विधेयकमाथिको सुुझाव र अन्यनीतिगत सुझाव समेटेर तयार पारेको प्रतिवेदन बुुझाएको छ ।
प्रतिवेदन ग्रहण गर्दैमन्त्रीशर्माले मन्त्रालयले एक चरण अध्ययन गरेर विधेयकहरु प्रक्रियामा अघि बढाउने प्रतिबद्धता व्यक्तगरिन् । सार्वजनिक सेवा प्रसारण विधेयक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामापुगेको जानकारी दिंदै उनले समितिले दिएको सुझावको आधारमा अन्यविधेयक अघि बढाउने बताईन् ।
उनले भनिन् ‘विगतमा सरकारले एउटा सोंचबाट कानूनको मस्यौदा गर्ने तर मुख्य सरोकारवालाहरुकै विमति रहने अवस्थापनि देखियो अब त्यस्तो नहोस् र सबै कानुनहरुको पत्रकारिता क्षेत्रले स्वामित्वलिन सहजहोस् भनेर जीवनको महत्वपूर्ण हिस्सा पत्रकारितामै समर्पण गरेका विज्ञ पत्रकारहरुलाई यो जिम्मादिइएको हो, समयमै महत्वपूर्ण प्रतिवेदनतयार गरेकोमा धन्यवादपनिभन्न चाहन्छु ।’