नागरिकता विधेयकको प्रमाणीकरबारे फेरी संसदमा हंगामा : प्रधामन्त्री रोस्टममा बोल्दा बोल्दै चर्का चर्की
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचेको तर्क गरेपछि संसदमा हंगामा भएको छ ।
सोमवार संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिन रोष्टममा उभिएका प्रधानमन्त्रीले भने ‘संवैधानीक व्यवस्थाको हिजो उलङघन भयो । र संविधानको निर्मम ढंगले प्रहार भयो । त्यहाँ न कुनै यदि थियो न कुनै तर थियो । एउटा सरकारले नेपाल सरकारले गरेको निर्णयलाई अर्को सरकारले मान्दीन भनेर सिधै भन्न मिल्दैन् । उसले त्यसलाई स्विकार गर्न पर्छ र राज्यको निर्णयको रुपमा मान्नु पर्छ ।’
उनले संघीय संसद्को दुवै सदनले दुईपटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक रोकेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताए । मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन वर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको दाबी प्रधानमन्त्रीले गरेपछि एमाले सांसदले चर्को विरोध गरे ।
प्रधानमन्त्रीले बोल्दै गर्दा सभामुखले एमाले सांसद सुर्य वहादुर थापालाई बोल्न समय दिएपछि संसदमा झनै तनाव भएको भएको थियो ।
सांसद सूर्य बहादुर थापाले प्रधानमन्त्रीले नागरिकता विधेयक सम्बन्धी दिएको जवाफप्रति आपत्ति जनाए ।