पत्रकारको आवरणमा एउटा नटवरलालले ५० बढी युवाहरुको करोडौं रकम यसरी चप्काए
काठमाडौं । वैदेशिक रोजगारीको नाममाहुने ठगीको श्रृंखला रोकिएको छैन । एकपछि अर्को घटना सार्वजनिकहुँदापत्रकारको आवरणमा ५० जनाभन्दा बढीलाई ठगेको अर्को घटना पनि सतहमाआएको छ । सिंगापुर लान्छु भन्दै करोडौं रुपैयाँ ठग्ने तथाकथितपत्रकार सुमन आचार्य भने अहिले सिंगापुरमा नै रहेको पीडितहरुले बताएका छन् ।
सिंगापुरमाकामलगाइदिनेप्रलोभनमापारेर प्रतिव्यक्तिपाँचलाखदेखि १९ लाख रुपैयाँसम्मलिएर ५० जनाभन्दा बढीको पैसा ठगी गरेका आचार्य अहिले सिंगापुरमा छन् । तर उनले ठगेकाहरु भने बिभिन्ननिकायमाधाउन नै व्यस्त छन् । आफुलाई नेपालकै कान्छो पत्रकार भनेर चिनाउन रुचाउने आचार्यले ठगेका ३९ जना पीडितले सोमबार काठमाडौंमापत्रकार सम्मेलन गरेर आफुहरुको रकम डुब्ने हो कि भन्ने चिन्ताव्यक्त गरेका छन् ।
पीडितहरुले उदयपुरस्थायी घर भई हाल सिंगापुर बस्दै आएको सुमन आचार्य नाम गरेको व्यक्तिले तलबसहितको रोजगारीदिने आश्वासनदिएर १० करोड रुपैयाँ ठगी गरेको जानकारी गराए ।
उक्त ठगीमा सुजन आचार्यकी प्रेमिकाभक्तपुर घर भएकी बेली डान्सर बिनु शाक्य र नाताले भाइ पर्ने बाह्रदशे गाउँपालिका– ६ को २० वर्षे श्रृजन निरौलापनि संलग्नरहेको पीडितहरुको दावी छ । ठगीमा संलग्नश्रृजनलाई प्रहरीले पक्राउगरिसकेको छ भने बिनु र सुजनको नाममापनिपक्राउपुर्जी जारी गरेको छ ।
पत्रकार सम्मेलनमापीडितहरुले भने ‘सिंगापुर उडाउनेभनेर आफूसहितआफन्त, साथीभाइ र चिनेजानेका साथीहरूलिएर रकम एकमुष्ट जम्मापारेर पठाइयो,तरअब मर्नु न बाँच्नुको स्थितिमा पुर्यायो । ’
आचार्यबाट ठगिएका अछाम घर भइहालशंखमुल बस्दै आएकाअनिलअधिकारीले महिना ४ लाखतलब हुन्छ भनेपछि आफुले १० लाखबुझाएको बताए ।
उनले भने ‘सिंगापुर जान धेरै समय नलाग्ने १२ लाखखर्च गरेर महिनाको ४ लाखतलब दिन्छ भनेर भनेको थियो । सुजन आचार्यलाई नै भेटेर कुरा गर्दा भिलान्द«ो होटलमा आफ्नो कामरहेको बताए,साथै जानलाई समय नलाग्ने तलव४ हजार ८ सय डलर प्रतिमहिनादिने भनेर भने । जब मैले तपाईले यत्रो तलब कसरी दिनु हुन्छ भनेर प्रश्नगर्दा उहाँले आफु संग धेरै सम्पत्तिभएर ब्ल्याकमनीलाई ह्वाइट मनीबनाउन यो खेल खेलीरहेको बताए । तपाईले प्रत्येक महिना ४ लाखमथितलबपाउनु हुन्छ । तपाईलाई त्यतिभएभइगोनिभनेर मलाई आश देखाउनु भयो र मैले आफन्त सङग पैसा मागेर १० लाखदिएको थिए । ’