नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनेबारे ध्यान गएको छ :प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ। पुष्पकमलदाहालप्रचण्डले,नेपाललाई उच्चशिक्षाको ‘हब’बनाउने सम्भावनातर्फ नेपाल सरकारको विशेष ध्यानगएकोबताएकाछन् ।
आइतबार दिउँसो धुलिखेलमाआयोजितकाठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्तसमारोहलाई सम्बोधनगर्दै , प्रधानमन्त्रीप्रचण्डले भने ‘नेपाललाई इन्जिनियरिङ, चिकित्साशास्त्र, सूचनाएवम् डिजिटलप्रविधि, वातावरणविज्ञानआदिविषयमाउच्चशिक्षाको ‘हब’बनाउने सम्भावनातर्फ नेपाल सरकारको विशेष ध्यानगएको छ। अहिले मस्यौदा भइरहेको सरकारको वाणिज्यनीतिले पनिशिक्षा सेवालाई निर्यातयोग्य सम्भावनाको क्षेत्रका रूपमापहिचान गरेको छ।’
त्यस्तै प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा स्नातकोत्तरमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतादिनुपर्ने र स्नातकतहमाबढीअभ्यासर सिकाइमा जोड दिनुपर्ने बताएकाहुन् ।
‘‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ। खासगरी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहकापाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतादिनुपर्ने हुन्छ। स्नातकतहमाबढीअभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ। अनुसन्धानले समाजमाप्रभाव र परिवर्तन ल्याउननसक्दा साधन र स्रोतको सही सदुपयोग हुँदैन।’प्रधानमन्त्रीको भनाई उद्धतगर्दै उनको सचिवालयले भनेको छ
काठमाडौँविश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न संकायमा ४१ हजारभन्दाबढीविद्यार्थीले उच्चशिक्षाहासिल गरेका छन् । आजथप १२०० विद्यार्थी दिक्षितभएकाछन् ।
काठमाडौँविश्वविद्यालयबाटउत्पादित शैक्षिकजनशक्तिमध्ये १३ प्रतिशतभन्दाबढीदीक्षितहरू ५५ भन्दाबढीमुलुककाविदेशीनागरिकहरू भएको बताइएको छ ।
केही वर्षयता नेपालमाविश्वविद्यालय स्थापनाको होडबाजीचलेको भन्दै प्रधानमन्त्रीले प्रदेश र केन्द्रीय सरकारबाटनयाँविश्वविद्यालयखोल्नुअगावै स्थापनाहुनलागेको विश्वविद्यालयकालागि साधनस्रोतको सुनिश्चित गर्नु आवश्यक रहेको बताए ।