नेसपा केन्द्रीय समिति बैठक आजबाट सुरु हुदै
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आज (बिहीबार)बाट सुरु हुँदैछ । बैठक भक्तपुर लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने छ ।
दुई दिनसम्म चल्ने केन्द्रीय समिाति बैठक आजबाट सुरु हुदै छ । बैठकमा नेसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्ने नेसपा उपाध्यक्ष हिसीला यामीले बताईन् ।
उनले भनिन, ‘बैठकमा ‘अबको राष्ट्रको संकल्प ः नयाँ समाजवादी विकल्प’ नामक राजनीतिक प्रतिवेदन अध्यक्षले पेस गर्नुहुन्छ,साथै पार्टीको आगामी कार्ययोजना बारेपनि छलफल हुन्छ ।’
बिहीवार र शुक्रवार दुई दिन सम्म चल्ने केन्द्रीय समिति बैठकले पछिल्लो राजनीतिक अवस्था बारे समीक्षा गर्दै पार्टीको आगामी कार्ययोजना तथा कार्यक्रम तय गर्नुकासाथै पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुने बताईएको छ ।
त्यस्तै,अध्यक्ष भट्टराईले पेस गर्ने ‘अबको राष्ट्रको संकल्प ः नयाँ समाजवादी विकल्प’ नामक २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ– आफ्नो् धारणा राख्ने छन्।