प्रतिनिधिसभामा बजेटमाथि छलफल : बैठक बिहान ११ बजे बस्दै
काठमाडौं । संघीय संसदअन्तरगतप्रतिनिधिसभाको बैठक आजबिहान ११ बजे बस्ने भएको छ।
आजआइतवारको बैठकमाआर्थिक वर्ष २०८०÷०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा बोल्न बाँकी सांसदले भागलिने कार्यसूचीरहेको छ ।
त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उक्तछलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन्।
त्यस्तै आजविनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुतगर्न अनुमतिमाग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुतगरिनेछ। त्यसपछि अर्थमन्त्रीमहतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुतगर्ने कार्यक्रम छ।
आजैको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ लाई प्रस्तुतगर्न अनुमतिमाग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई पनि निर्णयार्थ प्रस्तुतगरिनेछ।
त्यसपछि अर्थमन्त्रीमहतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रस्तुतगर्ने कार्यसूचि रहेको छ ।