बजेटमा दम भएकै कारण दर्जनौ प्रश्न उठेको अर्थमन्त्री महतको जिकिर
काठमाडौं । अर्थमन्त्रीडा. प्रकाश शरण महतले बजेटका बारेमा दर्जनौ प्रश्न उठेको र बजेटमा भएको शक्तिकै कारण यो प्रश्न उठेको धारणा राखेका छन् ।
प्रतिनिधिसभामाआर्थिक बर्ष २०८०÷८१ को अनुमानितआयव्ययमाथिको छलफलमा उठेका प्रश्नको जवाफदिदैं अर्थमन्त्रीमहतले विपक्षीदलका नेताले २ घण्टा उभिएर बजेटको बारेमा बोल्नुले बजेटमा केही दम छ भन्ने प्रष्ट भएको जिकिर गरे ।