सिर्सियाको प्रदुषित पानी बोतलमा भरेर काठमाडौंमा प्रदर्शन
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धी संगठन (सिटिबिटीयो)का कार्यकारी सचिब रोर्बट फ्लोएडबीच सिंहदरबारस्थित संसद सचिवालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल आम विनाशक हतियार उत्पादनको बिपक्षमा रहेको बताए । नेपाल सबै किसिमका आम विनाशक हतियार निशस्त्रीकरणको पक्षधर भएको बताउँदै उनले त्यस्ता हतियार उत्पादन रोकिनु पर्ने धारणा राखे ।
भेटका क्रममा उनले भने,‘नेपाल सबै प्रकारका आम बिनाशक हतियारको बिपक्षमा छ । नेपालको परराष्ट्र नीति यही हो । त्यसो हुँदा नेपाल हात–हतियार दौडबाट अलग छ । नेपालले सँधै सामुहिक विनाश हतियारको विरुद्धमा वकालत गरिरहनेछ । यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरुप्रति पनि ऐक्यबद्धता जनाउँदछ ।’
अध्यक्ष तिमिल्सिनाले नेपाल शान्ति र अहिंसाका प्रर्बद्धक मात्र नभई गौतम बुद्धको समेत देश भएका हुँदा सगरमाथाको शिखरबाट शान्तिको सन्देश फैलाउँदै आएको भेटका क्रममा बताए । सिटिबिटीयोका कार्यकारी सचिब फ्लोएडले पश्चिम अफ्रिका र दक्षिणपुर्वी एसियाका धेरै देशहरुले सन्धी अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धि अनुमोदन हुने बिश्वास व्यक्त गरे ।