तार्केश्वर नगर प्याब्सन बास्केटबल भोलिदेखि, २८ टिम सहभागी
काठमाडौं । तार्केश्वर नगर प्याब्सनको आयोजनामाप्रथमतार्केश्वर नगर प्याब्सनअन्तरविद्यालयबास्केटबल प्रतियोगिताभोलि बिहीबारदेखि हुने भएको छ ।
बधबार आयोजितपत्रकार सम्मेलनमाप्रतियोगितामाजुनियर ब्वाइजमा १६ तथासियिनर गल्र्समा १२ गरी २८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजकएवं आयोजककाउपाध्यक्षगोपाल बुढाथोकीले जानकारी गराए । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमाविभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने छ ।
जुनियर ब्वाइजमाएन्जल्स हार्ट, गिनिजपब्लिक, हिरश्मी, जीवन ज्योति, काठमाडौं लिङकन, लालीगुराँस विद्याकुञ्ज, लालीगुराँस नेसनल एकेडेमी, ल्यान्डमार्क एकेडेमी, नर्थ भ्याली, प्रारम्भ वल्र्ड, रोजमेरी आइडल, सेक्रेट हार्ट, सिद्धार्थ मोडल, स्प्रिङ भ्याली, सिर्जना ज्ञान सागर र एन्जल्स हार्ट नेसनल स्कुलले भागलिने छन् ।
सिनियर गल्र्समा एन्जल्स हार्ट, हिमरश्मी, काठमाडौं लिङकन, लालीगुराँस, ल्यान्डमार्क, न्यु एरा, नर्थ प्वाइन्ट, नर्थ भ्याली, पद्यचक्र, रोजमेरी, स्प्रिङ भ्याली र सिर्जना ज्ञान सागरले खेल्ने छन् ।
साताव्यापीप्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ४५ हजार २ सय रुपैयाँखर्च हुने आयोजकले जनाएको छ । खेलहरु मनमैजुस्थितलालीगुराँसको कोर्टमा खेलाइने छ ।
उपाध्यक्ष बूढाथोकीले विद्यार्थीमा अन्तरनिहीतक्षमताको पहिचान गर्न प्रतियोगिताउपयोगीहुने विश्वास व्यक्त गरे ।
आयोजककाअध्यक्षधनबहादुर पुनले खेलकुद राष्ट्रलाई योगदानदिने महत्वपूर्ण माध्यमभएकाले हरेक विद्यालयले खेलकुदलाई विशेष प्राथमिकतादिनु पर्नेमा जोड दिए ।