दुई महिनाभित्रमा ९३ ब्रोकर सञ्चालन ल्याउने सेबोन अध्यक्ष हमालको उद्घोष
काठमाडौं । धितोपत्रबजारको नियामक संस्था नेपाल धितोपत्रबोर्ड (सेबोन) को अध्यक्ष रमेशकुमार हमालले अबको दुई महिनाभित्रमा ९३ वटा ब्रोकर सञ्चालनमाल्याउने बताएका छन् ।
बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमाहमालले ९३ वटा ब्रोकर सञ्चालनल्याउने जानकारी दिएकाहुन् ।
हमालले भने,‘थप १८ वटा ब्रोकरलाई लाइसेन्स दिएका छौं, हालब्रोकरको संख्या ६८ पुगेको छ ।अबकोदुई महिनामा ९३ ब्रोकर सञ्चालनमा ल्याउँछौं ।’
त्यस्तै उनले पछिल्लो सयमथप १८ ब्रोकरलाई लाइसेन्स दिएको बताउँदै अर्को वर्षदेखि भने त्यसलाई कमोडिटी एक्सचेञ्ज अनुसार सञ्चालन गर्ने लक्ष्यराखेकोजानकारी दिए ।
पछिल्लो समयबोर्डका कार्यलाई डिजिटलमा प्रविधिसंग जोडेर कार्य गर्दै आएकोले काममाउल्लेखितसुधार भएको र पूर्ण रुपमा डिजिटल टोक्नोलोजिमा रुपामन्तरण गरेर आइपियो प्रणालीलाई बढीमा ४५ दिनको स्वीकृतिदिने गरि काम गर्ने बताए ।
उनले भने,‘डिजिटल टोक्नोलोजिमाउल्लेख्य फड्को मारेर हामीले हाम्राआइपीओ प्रणालीलाई बढीमा ४५ दिनमा स्वीकृतिदिनेगरि बाँकी सबै कुराहरु इलेक्ट्रोनिक प्रणालीमार्फत पेपरलाई घटाएर हामी अगाडी बढ्नुपर्ने छ ।’
देशको अर्थतन्त्रमा योगदान गर्ने गरि निजी इक्विटी र भेन्चर पूँजीको माध्यमबाट राष्ट्रिय पूँजीनिर्माणमा सहयोग पुग्ने गरि पूँजीविविधिकरणका लागिउद्यमशीलताको विकास गर्न नेप्सेमा एस्एमसि प्याटफर्म गठन गर्न लागेको उनको भनाई छ ।
उनले भने, ‘प्राइभेट इक्विटी र भेन्चर पूँजीको उचित माध्यमबाट राष्ट्रिय पूँजीनिर्माणमा सहयोग गर्ने,इकोनोमिको विविधिकरणका लागि सिस्टम्याटिक बाटो खोल्ने र त्यसमार्फत उद्यमशीलताको प्रर्वद्धन र विकास गर्न एस्एसी प्याटफर्म खडा गर्दै छौं । अहिले यो प्रस्ताव अर्थ मन्त्रालयमा छ, केही समयपछि क्याविनेटबाट पास भएपछि त्यसलाई लागूगर्नासाथ भेन्चर क्यापिटल र प्राइभेट इविक्टीको पूर्ण इकोसिस्टम नेपालमापहिलो पटक तयार हुन्छ ।’
उक्तइकोसिस्टम निर्माण पछि नेपालमालगानी गर्न चाहने सानातथामध्यम स्टार्टअप कम्पनीकालगानीकर्ताहरुलाई पनिविनाधितो लगानी गरेर काम गर्ने वातावरण निर्माण हुने उनको भनाई थियो ।