किसानको भान्सामा भ्याट नलगाउन नेपाल कृषि उपज संघको आग्रह
काठमाडौं । नेपाल कृषिउपज,आलु प्याजआयातनिर्यात तथाथोक विक्रेता संघले,भान्सामा दैनिकप्रयोग हुने आलु र प्याज जस्ता कृषि वस्तुमा लगाएको भ्याट तत्कालफिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
सोमवार बिहान काठमाडौंमापत्रकार सम्मेलनमा नेपाल कृषिउपज,आलु प्याजआयातनिर्यात तथाथोक विक्रेता संघका महासचिवप्रकाश गजुरेलले, सरकारले सामान्यनागरिकले उपयोग गर्ने भान्सामा १३ प्रतिशतमूल्यअभिवृद्धि कर (भ्याट)थपेरझनमहंगो बनाउनु अनुचित र आमनागरिकलाई दुःखदिनु रहेको बताए ।
उनले भने,‘आलु प्याजको कारोवारमा भ्याट आकर्षित भएमा कृषिजन्य वस्तुहरुको मूल्य बढ्नेछ। देशमाविभिन्न कारणले महंगी बढीरहेको समयमाआलु, प्याज जस्ता अत्यावश्यक कृषिजन्य वस्तुमा भ्याट लगाउनु भनेको सामान्यव्यक्तिलाई जीवननिर्वाह गर्न अझै कठिन बनाउनु हो । दिनहुँभान्सामाप्रयोग गरिने अत्यावश्यक वस्तुहरु आलु प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त देखिदैन ।’
अर्थमन्त्री डाक्टरप्रकाश शरण महतले आर्थिक वर्ष २०८० ÷०८१ को बजेट वक्तव्यमार्फत गत जेठ १५ गतेमूल्यअभिवृद्धि कर ऐन, २०५२ को अनुसुची १ को समूह(आधारभूत कृषिउत्पादनहरु) अन्तर्गत रहेको विभिन्न वस्तुको मूल्यअभिवृद्धि कर (भ्याट) छुट दिदै आएकोमा १७० वस्तु तथा सेवाको सूचीमा रहेको आलु र प्याजलाई समेतलाई सूचिबाट हटाएका थिए ।
अर्थमन्त्रीको उक्त निर्णणले आमनागरिकको भान्सामहंगो र कठिन भएको भन्दै सदन देखि सडक सम्मचौतर्फी विरोध भैरहेको छ ।
त्यस्तै,नेपालीभान्साको अत्यावश्यक तरकारीको रुपमा रहेको आलु र प्याज जस्तो वस्तुमाथि १३ प्रतिशतभ्याट थपेर लगाउनु उपभोक्ता र व्यवसायीलाई प्रतिकूल असर पार्ने गरि सरकारले अन्याय गरेको महासचिव गजुरेलले बताए।
उनले भने,‘आर्थिक ऐन, २०५० अन्तर्गत आलू, प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिकहो । हालआलु प्याजमा ९ प्रतिशतकृषि सेवाशुल्क, अग्रिमआयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर तिर्दे आएका छौं । यस्तो अवस्थामाथप १३ प्रतिशत भ्याट बुझाउनु भनेको प्रत्यक्षवाअप्रत्यक्ष रुपमा दैनिकभान्सामालाग्ने खर्च बढाउनु हो ।यो कार्य उपभोक्तालाई थप करको भार थपेर गरेको अन्यायठहर्छ ।’