छोरी पढाऔँ, गरिमा बढाऔँ अभियान : ८४ दलित बालबालिकालाई छात्रवृति प्रदान
काठमाडौै ।मानवअधिकार तथाशान्ति समाजले कर्णालीप्रदेशकादलित समुदायका ८४ बालबालिकालाई छात्रवृत्ति रकम स्वरुप १० लाख ८ हजार रुपैयाँवितरण गरेको छ ।
समाजले छोरी पढाऔँ ः गरिमा बढाऔँ भन्ने आह्वानसहित शुरु गरेको कर्णालीप्रदेश केन्द्रित ३ वर्षे बालिका छात्रवृत्तिअभियानअन्तर्गत कर्णालीप्रदेशका ६ जिल्लाका ८४ जनादलित समुदायकाबालिकालाई पहिलो वर्षको छात्रवृत्ति रकम १० लाख ८ हजार रुपैयाँवितरण गरेको हो ।
जेठ २४ देखि जेठ २९ सम्म कालिकोटको शुभपालिकास्थितपञ्चकालिका मा.वि.का १३ जना, खाडचक्र मान्मस्थितजनजीवन मा.वि.का १६ जना, जुम्लाको मष्टामडुस्थित अन्नपूर्ण मा.वि.का १० जना, लुड्कुस्थितकनकासुन्दरी मा.वि.का १२ जना, मुगुको महाकालीनमूना मा.वि.का ८ जना, नेपाल राष्ट्रिय मिन मा.वि. भारेकोटका ३ जना, दैलेखको महादेव मा.वि. तल्लो डुंगेश्वरका १० जना र सुर्खेतमाआश्रय लिइरहेका बादी समुदायका ६ जना, कक्षा ६ मा अध्यनरत दलित समुदायका७८ जनाबालिकालाई १२ हजार रुपैयाँका दरले पहिलो वर्षको छात्रवृत्ति रकमशान्ति समाजको टोलीले सम्बिन्धितबालिकाहरुलाई प्रदान गरेको थियो ।
यसैगरी हुम्लाको सर्केगाडस्थित अंशुवर्मा आधारभूतविद्यालयका ३ जना र हुम्लाकै श्री हिमज्योति मा.वि सर्केगार्डका ३ जना गरी ६ जनादलित समुदायकाबालिकालाई छात्रवृत्तिवितरण गर्न विद्यालय सम्बन्धितव्यक्तिलाई बैंकबाट रकम पठाइएको छ ।
कर्णाली केन्द्रीत ३ वर्षे छात्रवृत्तिकालागिशान्ति समाजका सचिव रामप्रसाद जोशी, मोरङ शाखा सभापतिप्रा.डा. जीवन ढकाल, सदस्यतथाशुभचिन्तकहरु दानबहादुर रोकाय, रणबहादुर खड्का, यामबहादुर श्रेष्ठ, कृष्णा न्यौपाने भुसाल, घनश्याम खड्का, युद्ध कोइराला, डा. ललितजंगशाही, एस आर पाण्डे, केशरीकुमारी बस्नेत, ईश्वर सापकोटा लगायत७८ जनाले छात्रवृत्ति रकम सहयोग गर्नुभएको छ । यससँगै शान्ति समाजले शुरु गरेको ५ वर्षे र ३ वर्षे छात्रवृत्ति संख्या १२१ पुगेको छ ।