देश आर्थिक मन्दीमा गइसकेको सांसद बिमला राई पौड्यालको टिप्पणी
काठमाडौं । पूर्व परराष्ट्र मन्त्रीतथा राष्ट्रिय सभा सदस्यबिमला राई पौड्यालले देश आर्थिक मन्दीमागईसकेको टिप्पणी गरेकी छिन् ।
बुधवार राष्ट्रियसभामाआर्थिक वर्ष २०८०÷८१ को बजे छलफलमा भागलिँदै उनले देशको पुँजीगतखर्च र राजस्व संकलनको तरलता हेर्दा देश आर्थिक मन्दीमागईसकेको बताएकीहुन् ।
उनले भनिन् ‘पुँजीगतखर्च र राजस्व संकलनको तरलता हेर्दा हाम्रो देश अहिले आर्थिक मन्दीमागईसकेको छ । चालु आर्थिक वर्षमामात्रतीनखर्ब राजस्व घट्ने देखिन्छ यसको भार विकास खर्चमा पर्छ ।’
उनले अहिले ६ प्रतिशतआर्थिक वृद्धिदरको लक्ष्यभनिएतापनिमंसिरमागएर संशोधन गरी कतिप्रतिशतमाझर्ने हो टुङ्गो नभएको तर्क गरिन् ।