सरकार उल्टो बाटो हिड्दा देश दुर्भाग्यपूर्ण अवस्थामा पुग्यो : प्रमुख सचेतक गिरी
काठमाडौं । नेकपाएमालेका संसद पदमगिरीले सरकार उल्टो बाटोमा हिड्दा देश दुर्भाग्यपूर्ण अवस्थामापुगेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै एमालेका प्रमुख सचेतकगिरीले मुलुकको राष्ट्रियता र अखण्डतामाथि नै प्रश्न उठने काम सरकारले गरेको बताए ।
उनले भने ‘ सरकारले नै संविधानलाई पालनानगर्ने र संविधानलाई मिचेर अगाडि बढ्ने मुलुकको राष्ट्रियता र अखण्डतामाथि प्रश्न उठ्ने खालको कामहरु हुनथाले पछि आजबाध्यभएर हामीले यो प्रसंग उठाउन परेको छ । सरकारले सुल्टो बाटो हिड्न खोजिरहेको छैन् । देशदुर्भाग्यवशअवस्थामापुगेको छ । ’