नेपाली समाजमा व्यक्तिवादी र भ्रष्टाचारको संस्कृति हावी हुँदै : गृहमन्त्री श्रेष्ठ
ललितपुर । उपप्रधानमन्त्रीएवम्गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमामौलिकता र न्यायको संस्कृतिलोप भएर व्यक्तिवादी संस्कृतिहावीहुदैँ गएको बताएका छन् ।
आगामीभदौदेखि सुरु हुनगएको बाह्र वर्षे मेलाको सन्दर्भमादेवगणहरुको सम्मानकार्यक्रममाउनले समाजमाव्यक्तिवादीर भ्रष्टाचारको संस्कृतिहावीहुदैँ गएकोबताए । उनलेसंविधानअनुसार समाजवादउन्मुख संस्कृति र समृद्धिको लक्ष्य पूरा गर्न भ्रष्टाचारको संस्कृतिलाई हटाउने अभियान अघि बढाएको पनि प्रष्ट पारे ।
उनले भने, अहिले हाम्रो यस्तो राम्रो एकता, मौलिक संस्कृतिएकातिर छ भने अर्कोतिर भ्रष्टाचारको संस्कृतिले पनिहामीलाई गाँज्नथालेको छ । पहिला यो संस्कृतिथिएन् । आफ्नो मौलिकता र न्यायको संस्कृतिलोप भएर जाने र व्यक्तिवादी संस्कृतिहावीहुदैँ गएको छ र भ्रष्टाचारको संस्कृतिपनिहावीहुदैँ गएको छ । त्यसकारण अहिले हाम्रो संविधानले भने अनुसार समाजवादउन्मुख संस्कृति र समृद्धिको लक्ष्य पूरा गर्न भ्रष्टाचारको संस्कृतिलाई पनि हटाउन विरोधीअभियान अघि बढाउदैँ छौ । ’
गृहमन्त्रीश्रेष्ठले सरकारले भ्रष्टाचारलाई हटाउँदै सुशासनकायम गरेर देशलाई समृद्ध बनाउने एउटा मात्रै उद्देश्य लिएको भन्दैत्यसको लागिदेशका सबै जनताले स्वदेशमा नै रोजगारीको सिर्जना गर्न सरकार दृढ रहेको बताए ।
उनले आधुनिक संस्कृतिको नाममानक्कलगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै अहिलेको समाजआफ्नो भाषाभन्दाअरुको भाषासिकाउँदागर्व गर्ने समाजको रुपमाविकसितहुदैँ गएको बताए ।