यी चर प्रदेशमा वर्षा हुने
यो वर्षको मनसुनी प्रणाली नेपालभित्रिदै गर्दा भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमादेखिएको छ ।
जलतथामौसमपूर्वानुमानमहाशाखाको अनुसार, आजकोशीप्रदेशको साथैदेशका पहाडी भू-भागमाआंशिक देखि मौसम सामान्यबदली रहने छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र मधेश प्रदेशको थोरै स्थानामामेघ-गर्जन र चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बाँकी भू-भागमाआंशिकबदली देखीमौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, बुधबार रातीकोशीप्रदेश लगायत देशका पहाडी भू-भागमाआंशिक देखि मौसम सामान्यबदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन सहितहल्का देखि मध्यम वर्षाहुने महाशाखाले स्पस्ट गरेको छ ।
साथै मधेश प्रदेश लगायत देशकाबाँकी पहाडी भू-भागकाथोरै स्थानमासमेत वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
वार्षिक रुपमा नेपालमामनसुनजुन १३ तारिकमाआइपुग्ने गरेतापनि यो वर्ष एक दुई दिन ढिला गरि बिहीबार सम्ममा मनसुनी प्रणाली नेपालआइपुग्ने मौमविदको धारणा छ ।