संघीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ ।
आइतबारको बैठक प्रतिपक्ष दलले अवरुद्ध गर्दा कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा अवरुद्ध गरेका थिए भने राष्ट्रिय सभामा एमाले एक्लैले रोकेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा बङ्गलादेशसम्म सीमा पहुँचका लागि नेपाली भूमि कालापानी साटफेर गरेर सीमा विवाद मिलाउन सकिने भन्ने अभिव्यक्ति दिएको, राष्ट्रपतिले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा एमालेले विरोध जनाएको हो ।