जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं । कालिकोटमा जीप दुर्घटना हुँदातीनजनाको मृत्यु भएको छ ।
शनिबार शुभकालिकागाउँपालिका–६ चिसापानी स्थित बेहुली पानतडी सडकखण्डको चौकीबजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जीप दुर्घटना हुदाँतीनजनाको मृत्य भएको जिल्लाप्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
दुर्घटनमा जीपचालकशुभकालिका–२ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको ज्यानगएको हो । दुर्घटनाबारे अनुसन्धानभइरहेको छ ।