बजेटमा विकृत पुजिँवाद र नस्लवादी चिन्तन देखियो : अध्यक्ष यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्षउपेन्द्र यादवले, सरकारले प्रस्तुत गरेको बजेट विकृत पुजिँवाद र नस्लवादी चिन्तनबाट निर्देशितदेखिएको आरोप लगाएका छन् ।
संसदमा बजेटमाथिको छलफलमा भागदिदैँ उनले सरकारले अहिले प्रस्तुत गरेको बजेटले राष्ट्रलाई कुनैपनिनिकास नदिने बताए । ‘यो बजेटवास्तवमा समाजवादउन्मुख छदैँ छैन् । बजेट विकृत पुजिँवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ ।’ उनले भने ‘त्यसले त्यस किसिमको बजेटले समाजवादीउन्नमुख बाटो ओगट्न सक्दैन् । समाजवादीउन्मुख हैन् । समाजवादीविमुख बजेट रहेको छ ।’
नस्लबाद कुनैपनि देशको लागिहितकर नहुने भन्दै उनले न्युनविकास सुचकाङ्क भएको ठाउँमा कम बजेट दिनुले नस्लबादको चिन्तन स्पष्ट भएको उनको भनाई छ।
‘नस्लवादकुनैपनि देशको कुनैपनिजातिको कुनैपनि समुदायको हितकर हुदैन यो चिन्तबाट मुक्तहुनुस् । चाहे गोरा हुनकालाहुन् नेप्टे हुन चेप्टे हुन् चुच्चे हुन् इक्वेल छन् । इक्वेल्ली डेभलपगर्ने अवसर उनीहरुको अधिकार हो ।’
नागरिकबाट लिइएको करले कहाँ कस्लाई फाइदापुगेको छ भन्ने कुरा गम्भिर रहेको उनको भनाई छ ।