आफ्ना समस्या समाधानमा सरकारले वेवस्ता गरेको रिटर्नीको गुनासो : पक्षपातपूर्ण व्यहार सच्याउन माग
काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले बैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको आर्थिक, सामाजिकतथा राजनैतिकपुर्नस्थापनातथा समायोजनमा सरकार पुरै वेवास्ता गरेको गुनासो गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै फेडेरेसन नेपालले रिटर्नीको समष्टिगत व्यवस्थापनको लागि सरकारी कार्यालय,विभागतथाअधिकार सम्पन्न सरकारी निकायको स्थापना र विकासकालागि सरकारको ध्यानाकर्षण गराएको छ ।
पत्रकार सम्मेलनमा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीयअध्यक्षउत्तमअधिकारीले विप्रेषणको हिसाबकिताब राख्ने सरकारले लाखौं रिटर्नीको व्यवस्थापनमा एउटा कार्यालय समेत स्थापनागर्न नसक्नु पक्षपातपूर्ण व्यवहार रहेको गुनासो गरे ।
उनले सरकारले नेपालीयुवाजनशक्तिलाई विदेशतिर धकेल्न नियोजित षड्यन्त्र गरेको आरोप लगाए ।
उनले भने,‘विप्रेषणको हिसाबकिताब राख्ने सरकारले लाखौं रिटर्नीको व्यवस्थापनमा एउटाकार्यालय समेत स्थापनानगर्नुहदैसम्मको पक्षपातपूर्ण व्यवहार हो । नेपालीयुवाजनशक्तिलाई विदेशतिर धकेल्ने नियोजित षडयन्त्र हो ।’
लाभदायक परियोजनालगायतका क्षेत्रमा सहभागितामूलकअवधारणा विकास र विस्तार गर्दै देशमाउपलब्धश्रमशक्तिसँगतालमेल गर्नु आवश्यक रहेको उनको भनाई छ ।