खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने प्रधानमन्त्रीको उद्घोष
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डले खप्तड क्षेत्रलाई पर्यटन मैत्रीआध्यात्मिक केन्द्रको रुपमाविकास गर्ने बताएका छन् ।
प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घानका क्रममाउनले खप्तड आर्थिक विकास र पर्यटन विकासको केन्द्र बन्न सक्ने भन्दै, पर्यटन मैत्रीआध्यात्मिक केन्द्रको रुपमाविकास गर्न सरकारले आवश्यकपहलगर्ने बताए ।
उनले खप्तड विकास कोषगठन गर्ने विषयमाछलफल भइरहेको भन्दै सुदूरपश्चिमप्रदेशको विकासको लागिसरकार प्रतिवद्ध रहेको बताए ।
आध्यात्मिक केन्द्र निर्माणका लागिलगानीगर्न रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको उनको भनाई छ ।
सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, पूर्वप्रधानमन्त्रीझलनाथखनाल, प्रदेश प्रमुख देवराजजोशी, उपप्रधानमन्त्रीतथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदलगायतको उपस्थितथिए ।
खप्तड क्षेत्र पर्यटन विकास तथाव्यवस्थापन समितिको आयोजनामामंगलबारबाट सुरु भएको आध्यात्मिक सम्मेलनतीनदिनसम्मचल्ने आयोजकले जनाएको छ।