शक्तिमा बसेकाहरुलाई देवत्करण गर्ने प्रवृत्तिले रुपान्तरणको सम्भावना असम्भव : सांसद केसी
काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले शक्तिमा बसेकाहरुलाई देवत्करण गर्ने प्रवृतिले देशमा पक्षपातवाद र भ्रष्टाचार झनै मौलाएर जाने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा प्रस्तुत खर्च कटौतीको प्रस्ताव र विनियोजन विधेयकमाथिको छलफलमा भाग लिंदै सांसद केसीलेत्यही प्रवृति र उही चरित्रमा अल्मलिने हो भने रुपान्तरण र परिवर्तन सम्भवन नभएको तर्क गरे ।
उनले भने ‘ यो क्षमास्य परमेश्वर भनेर आफ्ना गुटका नेता वा उपगुटका नेता अथाव जुनसुकै शक्तिमा बसेकाहरुलाई देवक्तकरण गर्ने र त्यसबाट संरक्षण गर्ने त्यस संरक्षणवादबाट झन झनै पक्षपातवाद, विकृति र भ्रष्टाचार देशमा झन झन मौलाएर जान्छ । नेतृत्वलाई देवक्तकरण गर्ने ठीक बेठिक नछुटटाएर जे जे मन लाग्छ त्यही गर्ने र संरक्षण गर्ने प्रविति सरकार पार्टी चारै तीर छ ।
त्यस्तै अहिले नयाँ हावा परिस्थितिर नयाँ चेतनाको उदय गर्छु भनेर आउनेहरु वृद्धतन्त्र,शक्तितन्त्र र संरक्षण बादकै वरपर माकुराको जालमा र फेरि त्यही गुटमा अल्मलिने हो भने रुपान्तरण र परिवर्तनको सम्भावनामैले देखेको छैन् । ’