प्रतिनिधिसभा बैठक आज पनि बस्दै, के छन् कार्यसूचिमा ?
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्दैछ ।
बुधवार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट (राजश्व र व्ययको वार्षिक अनुमान) माथिको छलफल जारी रहने संसद सचिवालयले जानकारी गराएको छ ।
सरकारले ल्याएको बार्षिक बजेटलाई लिएर सक्तापक्ष, प्रतिपक्ष र अन्य दलका प्रतिनिधि सांसदहरुले आ–आफ्नै धारणा राख्दै आएका छन् ।
सरकारको नीति तथा कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट सच्याउन माग गरेको छ। तर,सत्ता पक्षका सांसदहरूले भने बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै आएका छन्।
त्यस्तै, आज राष्ट्रिय सभाको पनि बैठक बिहान ११ बजेपछि बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।