युवा खेलाडीलाई प्रवद्र्धन गर्न युथ ओपन फाइभ के रन असारमा हुने
काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजनामाअसारको पहिलो सातायुथओपन फाइभ के रन हुने भएको छ ।
एथलेटिक्सका युवा खेलाडीलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथदशरथ रंगशालामाअसार २ गते प्रतियोगिताहुने आयोजककाअध्यक्ष राजनखत्रीले जनाएका छन् ।
पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालनहुने प्रतियोगितामा १४ वर्ष उमेर पुगेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् ।
दुवै समूहमापहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाउने छन् । चौथो र पाँचौं हुनेले समान २–२ हजार तथा छैटौंदेखि दशौं स्थानमा रहने खेलाडीले समान १–१ हजारका रुपैयाँप्राप्त गर्ने छन् ।
प्रतियोगितामानामदर्ताका लागि जेठ ३२ गते बिहीबारसम्मको समय तोकिएको छ । खेलाडी आफ्नो नामदर्ता वल्र्ड ट्रेड सेन्टरको दोस्रो तलामा रहेको एथलेटिक्स परिवार नेपालको सम्पर्क कार्यालयमा गर्न सक्ने एथलेटिक्स परिवारले जनाएको छ ।