प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध प्राप्त उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुदैँ
काठमाडौं । प्रस्तावितप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी माथिआजसंसदीय सुनुवाइ समितिको बैठकमा छलफल हुदैँछ ।
आजसोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रस्तावितन्यायधिशउपर परेका उजुरीमाथिसंसदीय सुनुवाइ समितिमा छलफल हुनलागेको हो ।
बैठकमा प्रस्तावितप्रधानन्यायाधीशहरिकृष्ण कार्कीविरुद्ध प्राप्तउजुरी खोलीवितरण गर्ने, प्रस्तावितप्रधानन्यायाधीशको सुनुवाइसम्बन्धीकार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने बारेमा छलफल गर्ने कार्यतालिका छ । कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ ।
उनिमाथि १जनाबहालवालान्यायाधीशको उजुरी परेको छ भने ७जनाअधिवक्ता, ३ जनाअधिकारकर्मी लगायतले उजुरी गरेका छन् । जिल्लान्यायाधीशश्रीकृष्ण भट्टराई र अधिवक्ता अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठले पनिउजुरी गरेका छन् ।
समितिले गत जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । जसमध्ये ५ वटा उजुरी इमेल मार्फत आएको र अरु उजुरी लिखित रूपमाकार्यालयमाआएको छ ।
कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीशलागिसिफारिस भएकाथिए । सर्वोच्च अदालतकाकामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमाजाने छन् ।
यसअघिहिजो आइतबार मात्रै पत्र लेखेर न्यायपरिषद्ले प्रधानन्यायधिसलाई अनिवार्य अवकाशमाजाने मिति सम्झाएको थियो ।